लुका सकर विराट गोल्ड कपको फाइनलमा 

केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्ड कपको फाइनलमा स्थान बनाएको छ ।

 पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको लुकाले विराटनगरको शहीद रङ्गशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता एपीएफ पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिर भयो ।

निर्धारित र अतिरिक्त दुवै समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको हो । पेनाल्टी सुट आउटमा लुका सकरका गोलकिपर सनफिर नायक रहे । उनले म्यान अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पनि पुरस्कार पाएका छन् ।

 उनले एपीएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरु आती अग्रता बनाउन रोकेका थिए । यस्तै एपीएफका गोलकिपर राजु नगरकोटी आफैले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिए पछि लुकालाई जित्न सहज भयो । 

एपीएफका दीपेश धिमाल र सविन गुरुङले मात्र गोल गरेका थिए । लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गरेका थिए भने  लुकाका क्यामुदिनको प्रहार भने एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।

प्रतियोगिताको उपाधिका लागि लुका सकरले   घरेलु टोली विराटनगरसँगै खेल्ने छ । फाइनल खेल बिहीबार हुने छ । 

उपाधि विजेताले २० लाख  १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ । यसै गरी विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने छन् ।

Comment