उरुग्वेको पर्यटक टोलीसँग मैत्रीपूर्ण फुटबल खेल 

नेपालमा रहेका उरुग्वेका पर्यटकलाई स्वागत गर्दै ‘एट आइज ट्राभल्स’ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ । कपनको कुपन फुटसल मैदानमा सोमबार भएको सो खेलमा उरुग्वेको टोली नेपालको प्रतिनिधित्व गरेको एट आइज ट्राभल्स एन्ड टुरसँग ६—७ गोलको अन्तरमा फुटबल खेल सम्पन्न भएको थियो । 

नेपालको ‘एट आइज ट्राभल्स एन्ड टुर’ को टिमलाई अर्जुन थापा मगरको नेतृत्वमा मैदानमा उत्रेको थियो । टिम प्रशिक्षक जुनियर फुटबल एकेडेमीका प्रमुख प्रशिक्षक प्रज्ज्वल प्रताप क्षेत्री थिए ।

रोमाञ्चक  खेलको दुवै हाफ नै नेपालको एट आइज ट्राभल्स एन्ड टुरका खेलाडीहरूले बल आफ्नो नियन्त्रणमा राखेर धेरै अवसरहरू सिर्जना गरेका थिए । 

 सन् २०१५ बाट हरेक वर्ष आयोजना हुँदै आएको मैत्रीपूर्ण फुटबल खेलबाट नेपाल र उरुग्वे बिचको सम्बन्ध अझ राम्रो हुने विश्वास लिएको एट आइज ट्राभल्स एन्ड टुरका प्रबन्धक नवीन गुरुङले जानकारी दिए । 

Comment