नेपाल दोस्रो चरणमा प्रवेश


उत्तरी मारियाना आइल्याण्डलाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई–दुई तथा सरस्वती हमाल र जेनिफर रानाले एक–एक गोल गरे । नेपालले आफ्नो पहिलो खेलमा प्यालेस्टाइनलाई सोही अन्तरले पराजित गरेको थियो । प्यालेस्टाइनविरुद्ध चार गोल गरेकी शाहीले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाइन ्। त्यसको दुई मिनेटपछि बज्राचार्यले अग्रता दोब्बर बनाइन् ।
१९ औं मिनेटमा शाहीले टोलीको तेस्रो गोल गरिन् । नेपालका लागि ३०औं मिनेटमा सरस्वती हमालले गोल गरिन् । ४५ औं मिनेटमा बज्राचार्यले दोस्रो गोल गर्दै नेपाललाई ५–० को अवस्थामा पु¥याइन् । इन्जुरी टाइममा जेनिफर रानाले छैटौं गोल थपेकी थिइन् ।

Comment