युवराज र सुमित्रालाई स्वर्ण

boldoring
तेश्रो पर्वतीय खेलकुद महोत्सवअन्तर्गत दोर्जे खत्री स्मृति बोल्डरिङ प्रतियोगिताको पुरुषमा युवराज बर्देवा र महिलामा सुमित्रा लामा मंगलबार पहिलो भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको प्रतियोगिताको पुरुषमै सैलेश महर्जन दोश्रो तथा प्रकाश श्रेष्ठ तेश्रो भए । महिलामा जुना श्रेष्ठ दोश्रो र कविता सुवेदी तेश्रो भए ।दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई एमालेका सचिव योगेश भट्टराई, स्व. दोर्जे खत्रीकी धर्मपत्नी फुपु थाक्चे शेर्पा, नेपाल ट्रायथलन संघका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा स्व. दोर्जेकी छोरी फुपुल्हामु खत्रीले पनि प्रतिस्पर्धा गरेकी थिइन् । जुडोकी अन्तर्राष्ट्रिय पदक विजेता फुपुले पाँचौं स्थानमा प्रतियोगिता टुंगाइन् । स्व. दोर्जे प्रतियोगिता आयोजक पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन नेपालका सदस्य थिए ।
युनिट्राभ र रक क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनले संयुक्त आयोजना गरेको दुईदिने प्रतियोगिताको पुरुषमा २६ र महिलामा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment