बहुमतको निर्णयमा पनि किचलो

अखिल नेपाल फुटबल सङ्घमा बहुमत पक्षको निर्णयमा पनि उपाध्यक्ष दीपक खतिवडा लगायत समूहले अनावश्यक बखेडा गरेको खुलासा भएको छ । खतिवडा पक्षधरले महासचिव किरण राईको राजीनामा लगायत माग गरेको थियो । एन्फाको विधानमा एजेन्डा राख्ने अधिकार अध्यक्षमा मात्र निहित हुने गरेको छ । 

बैठकमा उपस्थिति जनाएर आफ्नो माग राख्ने सर्व स्वीकार्य मान्यतालाई बेवास्ता गर्दै उपाध्यक्ष खतिवडाले बैठकमा उपस्थिति नै नजनाएर आफ्नो माग राख्न खोजे पछि लफडा भएको थियो । 

Comment