कमललाई टेनिस उपाधि

kamal bhandari
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत्र ११ गतेबाट संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका फाइनल खेलहरु भएका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्टमा आज सम्पन्न भएको पुरुष एकलतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबका कमल भण्डारीले एपीएफका जितेन्द्र परियारलाई ६–१ र ६–३ ले पराजित गरी प्रथम स्थान हासिल गरेका छन् ।
सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा समावेश कूल १४ वटा इभेन्ट्समा गरी २१ जना महिलासहित दुई सय ७० जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।
उक्त प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२०  हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ ।

Comment