भेट्रानमा मनोज र छ्याम्बालाइ उपाधि

tennis sundayसशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ मा काठमाडौंका श्रीयान्स कार्की र जितेन्द्र परियारको जोडीले पुरुष युगलतर्फको  उपाधि जितेको छ । उनीहरुले फाइनलमा एपीएफका आत्माराम कार्की र सन्तोष खत्रीको जोडीलाई ६–२ र ६–३ ले पराजित गरे ।
यसैगरी मिश्रित युगलतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबका कमल भण्डारी र गंगा शर्माको जोडीले एपीएफका आत्माराम कार्की र आइरा एम रावतको जोडीलाई ७–५ र ६–२ ले पराजित गरी प्रथम स्थान हात पारेको छ । ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा काठमाडौंका राजु श्रेष्ठले काठमाडौंकै महेश श्रेष्ठलाई ६–४ र ६–२ ले पराजित गरी प्रथम स्थान हासिल गरे ।
यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा कृष्णराज घलेले काठमाडौंका मनोज बिक्रम शाहलाई ६–० र ६–४ ले पराजित गरी प्रथम स्थान हात पारे । ५५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा काठमाडौंका छ्याम्बा ढन्डुपले काठमाडौंकै बिदुर बिष्टलाई ६–३ र १०–६ ले पराजित गरी प्रथम स्थान हासिल गरेका छन् ।
यसैगरी ५५ वर्षमाथि भेट्रान्स युगलतर्फको फाइनल खेलमा काठमाडौंका मनोज राणा र छ्याम्बा ढन्डुपको जोडीले काठमाडौंका ज्ञानेन्द्र ताम्राकार र गौतमलाल प्रधानको जोडीलाई ६–३ र ६–१ ले पराजित गरी प्रथम स्थान प्राप्त गरेको छ ।
४५ वर्षमाथि भेट्रान्स युगलतर्फको सेमीफाइनल खेलमा काठमाडौंका संजय अमात्य र धर्म शाहीको जोडीले एपीएफका दुर्जकुमार राई र कृष्णराज घलेको जोडीलाई ६–३ र ६–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
शनीबार  भएको महिला एकलतर्फको सेमीफाइनलमा खेलमा विजयीहुँदै ललितपुरका मायान्का राणा र माहिका राणा फाइनलमा प्रबेश गरेका छन् । सो प्रतियोगिताको भोली नै समापन तथा पुरस्कार वितरणको कार्यक्रम रहेकोछ    ।

उक्त प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२०  हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ ।

Comment