पङ्कज एएफसी सदस्यमा निर्वाचीत

एसियाली फुटबलको शीर्ष निकाय एसियन फुटबल महासङ्घ (एएफसी) को कार्यसमिति सदस्यमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
बहराइनको राजधानी मनामामा बुधवार सम्पन्न ३३औँ एएफसी कङ्ग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्य पदमा निर्वाचित भएका हुन् । त्यस्तै एएफसीको अध्यक्षमा सलमान बिन इब्राहिम अल खलिफाले नै निरन्तरता पाएका छन् । खलिफा सन् २०१३ देखि एएफसीको अध्यक्ष पदमा छन् ।
बहराइन फुटबल फेडरेशनका पूर्व अध्यक्ष समेत रहेका ५७ वर्षीय खलिफाले एएफसीको अनुशासन कमिटीको अध्यक्ष तथा फिफाको अनुशासन कमिटीको उपाध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।
Comment