सहारा र गार्डेन एफसी पनि नकआउटचरणमा प्रवेश

Manoj Shiama
29 March, 2015 12:24 am

पोखरा
कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि लिगचरणका खेल सम्पन्न भएका छन्।
शनिबार भएको लिगचरणको २० औं खेलमा समूह डीको सहारा क्लब र गार्डेन एफसीले एक–एक गोलको बराबरी खेले। गार्डेनका नारायण गुरुङले १४ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाए पनि खेल सकिन सात मिनेट बाँकी छँदा सहाराका लागि सञ्जय जलारीले बराबरी गोल गरेका थिए। बराबरीसँगै एक अड्ढ खोसेको सहारा पाँच अड्ढसहित समूह विजेताको रूपमा क्वाटरफाइनलमा स्थान पक्का ग¥यो भने समान अड्ढ भए पनि गोलका आधारमा गार्डेन समूह उपविजेता बन्यो।
नयाँगाउँ युथ क्लब र इन्द्रेणी क्लबबीचको अन्तिम खेल पनि दुई–दुई गोलको बराबरीमा सकियो। नयाँगाउँको लागि अश गुरुङले ५४ तथा विश्व अधिकारीले ७० मिनेटमा गोल गरे भने इन्द्रेणीको तर्फबाट नौ मिनेटमा अजित गुरुङ र ६८ मिनेटमा निशान गुरुङले गोल गरेका थिए।बराबरीसँगै अड्ढ बाँडेका दुवै टीम लिगचरणबाट बाहिरिने अन्तिम टोली बन्न पुगे। लिगचरणका तीनवटै खेल बराबरी खेलेको नयाँगाउँले चार गोल गर्दै पाँच गोल खायो।यस्तै दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको इन्द्रेणीले दुई गोल गर्दै छ गोल खायो।
लिगचरणका २१ खेल सम्पन्न हुँदा एक सय पाँच गोल भए भने १९ वटा एलोकार्ड वितरण भए। त्यसमध्ये एक खेलमा डबल एलो (रेड) कार्ड पनि वितरण भयो।पहिलो दिन चार, दोस्रो दिन २३, तेस्रो दिन सात, चौथो दिन २२, पाँचौं दिन १६, छैटौं दिन २७ तथा सातौं दिन छ गोल भएका थिए।
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत आइतबार क्वाटरफाइनलका खेल हुनेछन्। जसअनुसार आइतबार समूह ए को विजेता विष्णुपादुका क्लब र समूह सी को उपविजेता डेमसाइड क्लबबीच बिहान साढे सात बजे पहिलो, समूह सी को विजेता पोखरा भ्याली स्पोर्टस् क्लब र समूह ए को उपविजेता संगम एफसीबीच नौ बजे दोस्रो, समूह बी को विजेता एलजी एशोसिएसन र समूह डी को उपविजेता गार्डेन एफसीबीच ११ बजे तेस्रो तथा समूह डी को विजेता सहारा कलब र समूह बी को उपविजेता सत्य युवा क्लबबीच साढे एक बजे चौथो खेल हुने कास्की जिल्ला फुटबल सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए।
चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल सङ्घको मातहतमा रहेका १५ क्लबको सहभागिता रहेको छ।