नेपाली खेलाडीको हारको श्रृंखला जारी


पेरिस ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेको छैन । ८४ किलोमा अमिर रानाबाट हारको सुरुवात भएको पेरिस ओपनमा ६६ केजीमा मनिषा चौधरी पनि पहिलो सुरुवातमै हार व्यहोरिन् । एकल कातामा युनिका मगर पनि सुरुवातमै हारेकी हुन् । मोहम्मद सेकु आलमले एक चरणमा जित हात पारे पनि दोस्रो खेलमा हार व्यहोरेको सहभागि च्याम्पियन्स कराते डोजोका प्रशिक्षक दिगम्बर पन्तले जानकारी दिए ।
शनीबार दिउस भएको खेलमा सोनाम लामा र नवीन रसाइली पनि पराजित भए । प्रतियोगितामा दिगम्बर पन्तको प्रशिक्षणमा च्याम्पियनको टोली सहभागि छन् भने कुशल श्रेष्ठको प्रशक्षिणमा अमिर र रवि महर्जनको प्रशिक्षणमा नविनले खेलेका हुन् ।

Comment