जितेन्द्र र कमल उपाधि भिडन्तमा

tennis apf
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत्र ११ गतेबाट संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ अन्तर्गत शनिबार विभिन्न इभेन्ट्सका फाइनल, सेमीफाइनल तथा क्वार्टरफाइनलका खेलहरु भएका छन् ।
आज साँझ ६ वजेसम्म सम्पन्न भएका खेलहरु मध्ये ६५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा नेपाली सेनाका भिक्टरशम्शेर राणाले सेनाकै भरत रायमाझीलाई ९–८ ले पराजित गरी प्रथम स्थान हासिल गरेका छन् ।
यसैगरी पुरुष एकलतर्फको सेमीफाइनलमा खेलमा एपीएफका जितेन्द्र परियारले पोखराका अभिषेक बाँस्तोलालाई २–६, ७–५ र ७–६ ले तथा नेपाल पुलिस क्लबका कमल भण्डारीले सिन्धुपाल्चोकका दावा शेर्पालाई ६–१ र ६–२ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी पुरुष युगलतर्फको सेमीफाइनलमा खेलमा एपीएफका आत्माराम कार्की र सन्तोष खत्रीको जोडीले पोखराका शक्ति शर्मा र अनिल शाहीको जोडीलाई ६–४ र ६–२ ले तथा काठमाडौंका श्रीयान्स कार्की र जितेन्द्र परियारको जोडीले पोखराका अभिषेक बाँस्तोला र दावा शेर्पाको जोडीलाई ६–४ र ६–३ पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
यसैगरी मिश्रित युगलतर्फको खेलमा नेपाल पुलिस क्लबका कमल भण्डारी र गंगा शर्माको जोडीले ब्रिटिश स्कुलका छेवाङ्ग लामा र खुशी पाण्डेको जोडीलाई ६–४ र ६–१ ले तथा एपीएफका आत्माराम कार्की र आइरा एम रावतको जोडीले ललितपुरका मनोज राणा र मायान्का राणाको जोडीलाई ६–२ र ६–२ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
यसैगरी ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको सेमीफाइनलमा खेलमा काठमाडौंका राजु श्रेष्ठले एपीएफका दुर्गाबहादुर कुँवरलाई ६–२ र ६–३ ले तथा काठमाडौंका महेश श्रेष्ठले काठमाडौंकै रोहित सुनवारलाई ६–३, ४–६ र १०–७ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा काठमाडौंका मनोज बिक्रम शाहले पोखराका विनोद कायस्थलाई ६–१ र ६–३ ले तथा कृष्णराज घलेले एपीएफका रजोजमान श्रेष्ठलाई ६–२ र ६–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी  ३५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा काठमाठाडौंका सन्जय अमात्य र निरेश श्रेष्ठको जोडीले काठमाडौंकै राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ३–६ र ४–१ को रिटायर्ड हर्टमा पारजित गरी फाइनलमा प्रवेश गरेको छ ।

४५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा काठमाडौंका संजय अमात्य र धर्म शाहीको जोडीले काठमाडौंकै पृथ्वी थकाली र सोभितमान श्रेष्ठको जोडीलाई ७–५, २–६ र १०–८ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।
सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा संचालन भइरहेका छन् ।
प्रतियोगितामा समावेश कूल १४ वटा इभेन्ट्समा गरी २१ जना महिलासहित दुई सय ७० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् ।
उक्त प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२०  हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ ।

Comment