नेपाल बुद्धिचाल सङ्घ पुनर्गठन

राष्ट्रिय खेलकुद परिषद्ले विदुर गौतमको अध्यक्षतामा नेपाल बुद्धिचाल सङ्घ पुनर्गठन गरेको छ ।  सुबोध राज सेर्पाली वरिष्ठ उपाध्यक्ष रहेको सङ्घमा हेरा काजी महर्जन, ज्ञानेन्द्र पराजुली, धन बहादुर बोगटी र श्याम व्यञ्जनकार उपाध्यक्ष छन् । धरम बहादुर लामा महासचिव तथा मोनालिसा खम्बु सचिव भए ।
तारा रानाभाट कोशाध्यक्ष भए । दिपेन राई , यज्ञ प्रसाद पन्त,राम किशोर सिंह, मनोज घिमिरे,विजय गुरुङ, विनोद सुबेदी, रमेश पण्डित,लेखनाथ रिजाल, गोपाल श्रेष्ठ, अनिल रावल, महिन्द्रा कठायत र रस्मा महर्जन सदस्य भए ।
Comment