टोखामा रेपिड चेस हुने

टोखा युवा क्लबको आयोजनामा टोखा युवा राष्ट्रिय ओपन रेपिड फिडे रेटिङ चेस प्रतियोगिता १५ र १६ पुसमा हुने छ । सरस्वती चौर टोखामा आयोजना हुने सो प्रतियोगिता स्विस लिगको आधारमा ७ चरणको हुने छ ।
१ लाख ११ हजार पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधि विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा तेस्रो हुनेले १० हजार, चौथोले ७ हजार, पाँचौँले ६ हजार तथा छैटौँ देखि दशौँले ४ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
Comment