मनोज राणा र झ्याम्पा ढन्डुपको जोडी विजयी

333e    सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत्र ११ गतेबाट संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ अन्तर्गत शुक्रबार विभिन्न इभेन्ट्सका सेमीफाइनल तथा क्वार्टरफाइनलका खेलहरु भएका छन् ।
शुक्रबार  भएको खेलमा ५५ वर्षमाथि भेट्रान्स युगल तर्फको सेमीफाइनल खेलमा काठमाडौंका मनोज राणा र झ्याम्पा ढन्डुपको जोडीले काठमाडौंकै महेश नकर्मी र दिपक श्रेष्ठको जोडीलाई ६–१ र ६–१ ले तथा काठमाडौंका ज्ञानेन्द्र ताम्राकार र गौतमलाल प्रधानको जोडीले काठमाडौंकै सहदेव ढुंगाना र धु्रब गुरुङ्गको जोडीलाई २–६, ६–० र १०–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
यसैगरी ६५ वर्षमाथि भेट्रान्स एकलतर्फको सेमीफाइनल खेलमा नेपाली सेनाका भिक्टरशम्शेर राणाले काठमाडौंका चन्द्रमान तुलाधरलाई ८–० ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको क्वार्टरफाइनल खेलमा एपीएफका दुर्जकुमार राईले एपीएफकै सचिन कर्मचार्यलाई ६–१ र ६–५ ले तथा नेपाली सेनाका प्रदिपबिक्रम शाहले सेनाकै विकासशम्शेर राणाबाट वाक ओभर पाई सेमीफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा एपीएफका जितेन्द्र परियारले पोखराका शक्ति शर्मालाई ६–० र ६–० ले, पोखराका अभिषेक बाँस्तोलाले भक्तपुरका मिलन रोकायलाई ६–४, २–६ र ६–१ ले, सिन्धुपाल्चोकका दावा शेर्पाले एपीएफका सन्तोष खत्रीलार्ई ३–६, ६–२ र ६–२ ले तथा नेपाल पुलिस क्लबका कमल भण्डारीले पोखराका अनिल शाहीलाई ६–३ र ६–२ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी महिला एकलतर्फको क्वार्टरफाइनल खेलमा पोखराका गंगा शर्माले ललितपुरका अभिलाषा बिष्टलाई ६–३ र ६–० ले, ललितपुरका महिका राणाले ब्रिटिश स्कुलका खुशी पाण्डेलाई ६–० र ६–२ ले, एपीएफका आइरा एम रावतले ब्रिटिश स्कुलका क्याथी माथेमालाई ६–४ र ६–४ ले तथा ललितपुरका माहिंका राणाले काठमाडौंका एलिशा रेग्मीलाई ६–० र ६–० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी मिश्रित युगलतर्फको खेलमा छेवाङ्ग लामा र खुशी पाण्डेको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ६–३ र ६–० ले तथा नेपाल पुलिस क्लबका कमल भण्डारी र गंगा शर्माको जोडीले एपीएफका कुलबहादुर राई र भगवती बि.क.को जोडीबाट वाकओभर पाई सेमीफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा एपीएफका दुर्गाबहादुर कुँवरले काठमाडौंका निरेश श्रेष्ठलाई ६–२, ५–७ र १०–६ ले, काठमाडौंका रोहित सुनवारले काठमाडौंकै सुनिल गिरीलाई ६–२ र ६–१ ले, काठमाडौंका राजु श्रेष्ठले ललितपुरका शिवराम रानामगरलाई ६–० र ६–१ ले तथा काठमाडौंका महेश श्रेष्ठले काठमाडौंकै करिमुला मुस्लिमलाई ६–३ र ६–१ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी ३५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा काठमाडौंका महेश श्रेष्ठ र राजु श्रेष्ठको जोडीले एपीएफका सुरेशकुमार श्रेष्ठ र अशोक गुरुङ्गको जोडीलाई ६–० र ६–१ ले, काठमाडौंका राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले पोखराका गोपी भट्टराई र रन्जन पौडेलको जोडीलाई ६–० र ६–३ ले, काठमाडौंका संजय अमात्य र निरेश श्रेष्ठको जोडीले एपीएफका देवेन्द्र गिरी र कुलबहादुर राईको जोडीलाई ६–४, २–६ र १०–४ ले तथा काठमाडौंका सोभितमान श्रेष्ठ र चन्द्र शाहीको जोडीले ललितपुरका श्यामकृष्ण जि.सी. र सुनित गिरीको जोडीलाई  ६–२ र ६–२ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा एपीएफका रजोजमान श्रेष्ठले पोखराका राजु गुरुङ्गलाई ६–० र ७–५ ले, पोखराका विनोद कायस्थले डोल्पाका लालप्रसाद रोकायलाई ६–१ र ६–० ले, काठमाडौंका मनोज शाहले पोखराका धर्मसिंह लामिछानेलाई ६–३ र ६–३ ले तथा कृष्णराज घलेले वाल्टर स्मीतलाई  ६–१ र ६–० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।
आगामी चैत्र १५ गतेसम्म संचालन हुने सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा संचालन भइरहेका छन् ।
प्रतियोगितामा समावेश कूल १४ वटा इभेन्ट्समा गरी २१ जना महिलासहित दुई सय ७० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् ।
उक्त प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२०  हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ ।

Comment