मेयर कपमा च्याम्पियन्स एकेडेमीको सहभागिता रहने 

मलेसियाको क्वालाम्पुरमा २ देखि ४ डिसेम्बरसम्म आयोजना हुने सातौँ केएल मेयर कप कराँते प्रतियोगितामा नेपालको च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको सहभागिता रहने छ ।
नरेन्द्र महर्जन हेड अफ डेलिगेट रहेन टोलीमा सुरेश राना प्रतिनिधि छन् । ओम लामा गुरुङ टिम अफिसियल तथा फूर्वा तामाङ टिम अफिसियल छन् । दिगम्बर पन्त र प्रभाकर राना मगर टोलीको प्रशिक्षक छन् । टोलीका पुरुष खेलाडीहरूमा सुशील पौडेल विजय श्रेष्ठ,वीर बहादुर तामाङ,मनिस सोनकर र सुबिन खत्री छन् ।
राकेश लामा , यम बहादुर समाल, आशिष् धामी र अनिल बराम टोलीमा छन् ।  महिला तर्फ डायना ओझा,युनिका मगर, मिस्ली श्रेष्ठ, निमा तामाङ आयुश्मा बलामी यन्जगुम लामा छन् ।नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र च्याम्पियन्स मार्सल एकेडेमीकी निर्देशक सुशीला लामाले सहभागी खेलाडीलाई बिदाइ गरे ।
Comment