विष्णुपादुका, शीतलज्योति, एलजी र आदर्श युवा क्लबको जीत

Manoj Shiama
23 March, 2015 8:11 pm

पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा पोखरामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगितामा सोमबार विष्णपादुका क्लब हेमजा, शीतलज्योति क्लब, एलजी एशोसिएसन र आदर्श युवा क्लब भण्डारढिकले जीत हात पारेक छन्।
पोखरा रड्डशालामा सोमबार भएका चार खेलमा २३ गोल, चारवटा एलोकार्ड वितरण तथा दुईवटा ह्याट्रिक भए। एउटै खेलमा दुई ह्याट्रिक भएको हो। पहिलो खेलमा समूह ए को विष्णपादुका क्लबले संगम क्लबलाई ३–० ले पराजित ग¥यो। विष्णपादुकाको जीतमा अभिषेक कार्कीले २९, प्रवीन थापाले ५५ था सुविन श्रेष्ठले ६८ मिनेटमा एक–एक गोल गरेका थिए। जीतसँगै विष्णपादुका क्लब महŒवपूर्ण तीन अड्ढ जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ।
दोस्रो खेलमा सोही समूहकै शीतलज्योति क्लबले एपेक्स क्लब काँडेलाई ४–२ ले हरायो। शीतलज्योतिको लागि अमृत गुरुङले दुई तथा सूर्य लम्साल र विनय गुरुङले एक–एक गोल गरेका थिए। दुवै गोल सेकेण्ड हाफमा फर्काएको एपेक्स क्लबको तर्फबाट खगेन्द्र थापा र गणेश गुरुङले गोल गरेका थिए। जीतसँगै शीतलज्योति समूहको दोस्रो स्थानमा छ।
तेस्रो खेलमा समूह बी को एलजी एशोसिएसनले सत्य युवा क्लब बाँझापाटनलाई २–१ ले पन्छायो। एलजीको जीतमा खगेन पुनले २३ र सुलेमान थापाले ५७ मिनेटमा एक–एक गोल गरेका थिए। सत्यको तर्फबाट एलन गुरुङले पहिलो हाफको २८ मिनेटमा गरेको एकमात्र गोल सान्त्वना बन्यो।सो खेलमा एलजीका अशोक गुरुङ र विशव गुरुङ तथा सत्यका सुशील लामा र किरण गुरुङले एलोकार्ड खाएका थिए।
चौथो खेलमा सोही समूहको आदर्श युवा क्लब भण्डारढिकले डेभिडफल क्लबलाई ८–३ को विशाल अन्तरले पराजित ग¥यो। सो खेलमा आदर्श युवा क्लबका सुमन लामा र डेभिडफलका बेदबहादुर थपाले ह्याट्रिक गरे। आदर्श युवा क्लबका विनोद थापाले दुई तथा अर्जुन गुरुङ, सञ्जीव गुरुङ र बेलप्रसाद गुरुङले एक–एक गोल गरेका थिए। खेलको १४ मिनेटमा पहिलो गोल गरेका सुमनले ३६ तथा ४४ मिनेटमा दुई गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरे। यस्तै विनोदले ३१ र ६५ मिनेटमा गरी दुई गोल थपे भने अर्जुनले १७, सञ्जीवले ४७ र बेलप्रसादले ६१ मिनेटमा गोल गरेका थिए।
तीन गोल गरेको डेभिडफलको लागि बेदबहादुर थापाले ह्याट्रिक गरे। चार मिनेटमा पहिलो गोल गरेको बेदबहादुरले ११ र ६० मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। जीतसँगै समान तीन अड्ढ जोडेको आदर्श युवा क्लब समूह बी को शीर्ष स्थान तथा एलजी दोस्रो स्थानमा रहेका छन।
मड्डलबार तीन खेल हुनेछन्। जसअनुसार समूह डी को गार्डेन एफसी र इन्द्रेणी एकीकृत विकास समाजबीच बिहान साढे सात बजे पहिलो, सोही समूहको नयाँगाउँ युथ क्लब र सहारा क्लबबीच नौ बजे दोस्रो, समूह सी को डेमसाइड क्लब र पोखरा भ्याली स्पोर्टस् क्लबबीच ११ बजे तेस्रो खेल हुने सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए।
चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल सङ्घको मातहतमा रहेको १५ क्लबको सहभागिता रहेको छ।