बुद्धिचालमा आशिषको अग्रता

गोरखामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बुद्धिचालको क्लासिकल स्पर्धामा एनआरएनएका आशिँष फुयाँलले अग्रता कायम गरेका छन् । ७ चरणको समाप्तिमा आशिँषले ६दशमलव ५ अङ्क जोडेका छन् । सेनाका रुपेस जयसवाल ५ दशमलव ५ अङ्क सहित दोस्रो स्थानमा छन् । नेपाल पुलिस क्लबका क्षितिज भण्डारी, प्रदेश–१ का राजन सुबेदी तथा लुम्बिनीका सुमन श्रेष्ठको ५ अङ्क छ ।

आशिषले छैटौँ चरणमा आफ्नै क्लबका सुशील चौधरी तथा सातौँ चरणमा पनि आफ्नै क्लबका कृष्ण थापालाई हराए । यसै गरी रुपेसले छैटौँ चरणमा क्षितिजसँग बराबरी गरे भने सातौँ चरणमा बागमतीका निकेन कुसाथलाई हराए ।

महिला तर्फ नेपाल आर्मी क्लबकी सुजना लोहनीको अग्रता कायम छ । उनले ७ चरणमा सत प्रतिशत जित हात पारेकी छिन् । आर्मीकै सिन्दरा जोशी दोस्रो स्थानमा छिन् ।

Comment