जापानबाट नेपाल आए पनि खेल्न पाएनन् नीरजले 

नीरज राईको लागि जापानबाट नेपाल आएर नवौँ राष्ट्रिय खेलकुदको तयारी गर्दा ३ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । त्यो दुख र कष्ट गरेर आएका नीरजले अन्ततः राष्ट्रिय खेलकुद गुमाए । एनआरएनए खेलकुद टोली यसै कारण पनि आक्रोशित छ ।
राष्ट्रिय खेलकुदका लागि एनआरएनएका नीरज सहित ८  जना खेलाडी समावेश थिए । प्रतियोगिता संयोजक तुलसी महर्जनले विवाद आएको कुरा उठाएका थिए । कराँते आयोजक टोलीले सहभागी ११ टोली मध्य एनआरएनएलाई पूर्ण बे वास्ता गर्दै वेइङ गर्ने र टाई सिट प्रकाशित गर्ने काम गरे । यसको सिकार अन्य खेलाडीसँगै नीरज पनि रहे । एनआरएनबाट तयारी गरेर राष्ट्रिय खेलकुद खेल्न पुगेर पुग्ने  यनोज महर्जन र मिरा खती पनि थिए ।
मिरा केही समय अगाडी काठमाडौँमा एनआरएनएले आयोजना गरेको प्रतियोगिताको उप विजेता समेत हुन् ।
एनआरएन टोलीका प्राविधिक निर्देशक स्वयम्भू डङ्गोल वर्षौँ देखि करातेमा सिन्डिकेट मच्चाउनेहरू एनआरएनको उपस्थिति नरुचाएर षडयन्त्र गरेको आरोप लगाउँछन् । ‘ विदेशी भूमिमा पाइला टेक्ने वित्तकै स्टारडमको नाममा सम्मान थाप्न हतार हुनेहरू  नै एनआरएनए टिम तथा सम्पूर्ण विदेशमा रहने नेपालीको विरुद्धमा रहेका छन् । ’ डङ्गोलले नेपालबाट विदेश जाने जो कोहीलाई एनआरएन अधिकारीले एनआरएनए स्पोर्ट्स एकेडेमीसँग समन्वय नगरी काम गर्न नहुने बताएका छन् ।
डङ्गोलले अन्यको सल्लाहमा मध्यस्थताको बाटो खोजी रहेको समयमा ठुलो दुख गरेर काठमाडौँ आइपुगेका खेलाडीलाई बेवास्ता गरेको आरोप लगाए ।
Comment