आशिषको उत्कृष्ट प्रदर्शन जारी 

गोरखामा जारी बुद्धिचालमा एनआरएनएका आशिष फुयाँलको उत्कृष्ट प्रदर्शन कायम छ । दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए ।
प्रतियोगिताका शीर्ष वरीयताका खेलाडी आर्मीका रुपेसको पनि ३ अङ्क छ । उनले दोस्रो चरणमा प्रदेश–१ का प्रज्वल घिमिरे तथा तेस्रो चरणमा एनआरएनएका कृष्ण थापालाई हराए । बागमतीका निकेत कुसाथाले ३ अङ्क जोडेका छन् ।
पुलिस क्लबका क्षितिज भण्डारी र आर्मीका सजिन महर्जनको २ दशमलव ५ अङ्क छ । महिलातर्फ आर्मीकी सुजना लोहनी ३ अङ्क सहित शीर्ष स्थानमा छिन् । यसैगरी, एनआरएनकी सुशीला गुरुङ र प्रदेश –१ की खुसबु थापाको पनि समान ३ अङ्क छ । प्रदेश –१ की कृत्तीसरा अधिकारी र गण्डकी प्रदेशकी पूजा भण्डारीले २ दशमलव ५ अङ्क जोडेकी छन् ।
Comment