मेनछेन एफसी च्याम्पियन

 मेनछेन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एक दिने फुटबल लिगको उपाधि जितेको छ ।
दसैँका अवसरमा दक्षिण कोरियाको दाङजिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायद्वारा स्थापित रइला गाइजको आयोजना सम्पन्न प्रतियोगितामा मेनछेन एफसीले सुनसङलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । मेनछनका प्रनिल लामा र अमिर लिम्बुले गरेका थिए । सुनसङबाट भीष्म लावतीले गोल फर्काएका थिए । सर्वाधिक गोलकर्ताका मदन खड्का, उत्कृष्ट गोलकिपर हेमराज गुरुङ र उत्कृष्ट खेलाडी शिशिर लिम्बु चयन भएको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १० लाख वन र उपविजेताले पाँच लाख वन नगद पुरस्कार प्राप्त गरे । पुरस्कार दाङजिन नेपाली समाजका अध्यक्ष भीष्म लावतीले विजयी खेलाडी पुरस्कार वितरण गरे ।
Comment