गोदावरीमा नाइन ए साइड फुटबल हुँदै

गोदावरी नगरपालिका–३ वडा कार्यालयको आयोजनामा गोदावरी बसपार्क फुटबल मैदानमा सोमबार देखि नाइन ए साइड वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक कमिटीका संयोजक वडा अध्यक्ष राज घिमिरे छन् । लिग कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा वडा भरीका १६ टोलीको सहभागिता रहने छ ।सो प्रतियोगितामा गोदावरी विकास युवा क्लबको व्यवस्थापकीय सहयोग रहने छ ।  खेलकुदमा अग्रणी रहेको सो वडामा विगतमा दसैँ र तिहारको समयमा यो प्रतियोगिता निरन्तर हुने गरेको भए पनि पछिल्लो आधा दशक भने रोकिएको थियो ।
यसै वर्ष वडाको नेतृत्व सम्हाले पछि राजले यसलाई फेरी निरन्तरता दिएका हुन् । यस प्रतियोगितालाई खेल महोत्सव मात्र नभई वडावासीलाई भावनात्मक रूपले एक जुट गराउन पनि सहयोगी साबित हुने विश्वास गरिएको छ ।
Comment