ड्रिम एफसी, एआईजी भद्रकाली, आयोजक ए र सनराइज क्लब सेमिफाइनलमा

पोखरा
ड्रिम एफसी, एआईजी भद्रकाली, आयोजक बिएनएस ए र सनराइज युथ क्लब प्रस्तावित रड्डशाला भण्डारढिकमा जारी प्रथम बिएनएस कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिएनएस लेखनाथ–१ भण्डारढिक सैनिकवस्तीको आयोजना तथा आदर्श युवा क्लबको संयोजनमा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक बिएनएस ए ले ब्रदर एफसीलाई ७–० ले हरायो। बिएनाएस ए को जीतमा बेलप्रसाद गुरुङले चार, भिसन गुरुङले दुई तथा दीपेन्द्र सुनारले एक गोल गरेका थिए।
दोस्रो खेलमा ड्रिम एफसीले शिशुवा एफसी ए लाई १–० ले पाखा लगायो। ड्रिम एफसीको लागि सुनिल विकले निर्णायक गोल गरेका थिए।
तेस्रो खेलमा एआईजी भद्रकालीले एलजी एशोसिएसनलाई २–० ले निराश पा¥यो। एआईजीको तर्फबाट शिव र कुमार गुरुङले एक–एक गोल गरेका थिए।
चौथो खेलमा सनराइज युथ क्लबले योङस्टार क्लब विजयपुरलाई १–० ले पन्छायो। सनराइजको जीतमा निशान्त पुनले निर्णायक गोल गरेका थिए।
शनिबार बिहान आठ बजे एआईजी भद्रकाली र ड्रिम एफसीबीच पहिलो तथा नौ बजे अयो
जक बिएनएस ए र सनराइज युथ क्लब ए बीच दोस्रो सेमिफाइनल खेल तथा दिउँसो एक बजे फाइनल खेल हुने सन्तोष गुरुङले जानकारी दिए।
प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ५० हजार तथा उपविजेता टीमलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै बेस्ट प्लयेर, बेस्ट गोलकिपर र हाइस्कोररलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Comment