भारतसँग नेपालको हार

साफ यु–१७ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ । श्रीलङ्कामा बुधवार सम्पन्न च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ४–० ले पराजित भयो ।
चौथो पटक फाइनल पुगेको नेपाल चारै पटक फाइनलमा भारतसँग नै पराजित भयो ।
कोलम्बोको रेस कोर्स ग्राउन्डमा भएको खेलमा भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले गोल गरे ।
खेलको ३९ औँ मिनेटमा कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा समेटिएको थियो ।
Comment