चेस छनोट जारी 

बागमती प्रदेश बुद्धिचाल छनोट प्रतियोगिताको बुधबार दोस्रो दिन पाँचौँ चरणको खेल सम्पन्न हुँदा ललितपुरका रत्न ब्यञ्जन्कार र अशोक मोहन श्रेष्ठ खुल्लातर्फ ४ दशमलव ५ अङ्क सहित खुला तर्फ संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । उत्कृष्ट लयमा रहेका रत्नले चौथो चरणको खेलमा दोलखाका राजीव कार्कीलाई पराजित गरेका थिए भने पाँचौँ चरणको खेलमा अशोक मोहनसँग बराबरी गरे । त्यस्तै राम्रो खेल प्रदर्शन गरिरहेका अशोकले चौथो चरणको खेलमा चितवनका अर्जुन घिमिरे माथि कठिन खेलमा जित हात पारेका थिए ।
 बागमती  खेलकुद परिषद्को आयोजनामा र बागमती प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिलेको संयोजनमा भइरहेको प्रतियोगितामा भक्तपुरका निकेन कुसाथ, दोलखाका राजीव कार्की र अर्जुन घिमिरे ३ अङ्क सहित उनीहरूलाई पछ्याइ रहेका छन् । धुलिखेल स्थित सनराइज रिसोर्टमा जारी  प्रतियोगितामा खुल्ला र महिलातर्फ ३ जना खेलाडी छनोट हुने छन् ।
महिलातर्फ भक्तपुरकी सबिना श्रेष्ठ , चितवनकी लक्ष्मी कँडेल र नुवाकोटकी मार्सल तामाङ ४ अङ्क सहित अग्रस्थानमा रहेका छन ्। चौथौँ चरणसम्म अग्रता लिएकी मार्सल रोमाञ्चक खेलमा लक्ष्मीसँग पराजित भइन । मार्सलले चौथो चरणको खेलमा भक्तपुरकी सविना श्रेष्ठलाई हराइन भने भक्तपुर कै सविना  गुजमाथी सफलता हात पारिन् । खुल्लातर्फ  १२ जिल्लाका ३५ र  महिलातर्फ २० खेलाडीको सहभागिता रहेका छन् ।
स्विस लिगको आधारमा जारी सात चरणको प्रतियोगिताका अन्तिम दुई खेल शुक्रवार हुने छ ।
Comment