सकिल उद्धिन स्मृति कराते शुक्रबार

प्यारागन पब्लिक स्कुलको आयोजनामा दोश्रो सकिल उद्धिन स्मृति अन्तरविद्यालय कराते प्रतियोगिता शुक्रबार सुरु हुँदैछ ।
प्रतियोगितामा कुमुतेतर्फ ९ तौल समूह र एकल काता गरी जम्मा १० स्वर्णकालागि प्रतिस्पर्धा हुने प्यारागनका खेल शिक्षक एवं १० औं दक्षिण एसियाली खेलकुदको कराते तर्फ स्वर्ण विजेता कुशल श्रेष्ठले जनाएका छन् । पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय २४ खेलाडीको सहभागिता रहने छ ।
एकदिने प्रतियोगिताका खेलहरु तिलगंगास्थित आयोजक प्यारागनकै हातामा हुनेछ । प्यारागनका प्रबन्ध निर्देशक सकिल उद्धिनको स्मृतिमा गतवर्षदेखि प्रतियोगिता आयोजना गर्न थालिएको हो ।

Comment