फुटबल टोली नेदरल्यान्ड्स जाने 

हल्याण्ड फुटबल विश्वविद्यालयको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बिदाइ गरे ।
प्रशिक्षणमा सहभागी हुन जाने स्वस्तीश्री गुरुकुलका २३ जनाको टोलीलाई बिदाइ गर्ने क्रममा उपाध्यक्ष कोइरालाले  स्वस्तीश्रीले गरेको कार्य प्रशंसनीय रहेको बताए । बिदाइ कै क्रममा अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामाले हल्याण्ड जाने टोली स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने बताए ।
नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुन जाने टोलीमा प्रशिक्षकमा ज्वाला विष्ट र खेलाडीहरूमा दीर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, शाश्वत बुढाथोकी र  सर्वणी सुवेदी छन् । यसै गरी,  प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाईचुङ्ग तामाङ, कबिर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरभ बरुवाल, जास्मिन सापकोटा र रिहान मान जोशी रहेका छन् । प्रशिक्षण कार्यक्रम २५ देखि ३१ साउनसम्म सञ्चालन हुनेछ ।
खेलाडीहरू आफ्नो खर्चमा त्यस तर्फ प्रस्थान गर्न लागेको र व्यक्तिगत सम्बन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेकाले कुनै प्रकारको छनोट नगरिएको गुरुङले जानकारी गराए । टोली सोमबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
Comment