निर्वाचनको घोषणाले उत्साहित प्रसाईँ

सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरे पछि यसले केही खेलकर्मीलाई पनि उत्साहित तुल्याएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ मङ्सिरमा  एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गर पछि कराँतेकर्मी तथा एमालेका युवा नेता ओमकृष्ण प्रसाईँले स्वागतयोग्य रहेको बताए । प्रसाईँ आसन्न निर्वाचनमा उम्मेदवारीको तयारीमा छन् ।
आगामी निर्वाचनमा उम्मेदवारको आकाङ्क्षी समेत रहेका नेता प्रसाईँले सामाजिक सञ्जाल मार्फत नेकपा एमाले पनि आवधिक निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै सरकारको यो निर्णय सकारात्मक रहेको बताए ।
प्रसाईँले संसदीय तथा प्रदेश निर्वाचनको घोषणा लाई राजनीतिक अस्थिरताको अन्त्य र  मुलुकको समस्या समाधानको ढोका खोल्ने माध्यमको रूपमा लिनु पर्ने धारणा व्यक्त गरेका छन् ।
Comment