बर्तौला सम्मानित

नेपाल सितोरियो कराँते सङ्घ, देउराली डोजोले राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलालाई बुधवार सम्मान गरेको छ ।
बर्तौला देउराली डोजोका उपाध्यक्ष हुन् । नेपाल कराँते महासङ्घका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, डोजोका अध्यक्ष राजेश जोशी र डोजोका प्रमुख प्रशिक्षक समेत रहेका १० औँ दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता कुशल श्रेष्ठले बर्तौलालाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
Comment