बि एन एस कप सेभेन–ए–साइड फुटबल प्रतियोगितामा नौ खेल सम्पन्न

पोखरा
बि एन एस लेखनाथ–१ भण्डारढिक सैनिकवस्तीको आयोजना तथा आदर्श युवा क्लबको संयोजनमा प्रस्तावित रड्डशाला भण्डारढिकमा जारी प्रथम बि एन एस कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताअन्तर्गत बुधबार नौ खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा बि एन एस ए ले हमालचोक एफसीलाई ६–१ ले पाखा लगायो। बिएनएसको जीतमा भिसन थापाले चार तथा बेलप्रसाद गुरुङ र अर्जुन गुरुङले एक–एक गोलको योगदान दिएका थिए। हमालचोक एफसीको तर्फबाट सविन्द्र रानाले एक गोल गरेका थिए।
दोस्रो खेलमा एलजी एशोसिएसनले एनएमवाईसीलाई ४–२ ले पराजित ग¥यो।एलजीको लागि प्रदीप गुरुङले दुई तथा सिद्धार्थ रञ्जितले एक गोल गरेका थिए भने अर्को एक गोल एनएमवाईसीबाट आत्मघातीस्वरुप प्राप्त भएको थियो।तेस्रो खेलमा साउथ पार्कले नर्थ पार्कलाई टाइब्रेकरमा ३–१ ले हरायो।निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
चौथो खेलमा मेरो नेपाल युवा क्लब मझेरीपाटनले एजेडयु ढुंगेपाटनलाई २–१ ले पन्छायो। मेरो नेपालको लागि त्रिदेव गुरुङ र प्रज्ज्वलले एक–एक गोल गरे भने एजेडयुको तर्फबाट एक गोल टिआर गुरुङले गरेका थिए।शैलेश थापाको निर्णायक गोलको मद्दतले पाँचौं खेलमा योङस्टार क्लब विजयपुरले बेगनास युथ क्लबलाई १–० ले हरायो। छैटौं खेलमा एआईजी भद्रकालीले एकता एफसीलाई ३–० ले पराजित ग¥यो। सो खेलमा एआईजी भद्रकालीको तर्फबाट कुमार गुरुङ, टंक गुरुङ र अञ्जन देवकोटाले एक–एक गोल गरेका थिए।
सातौं खेलमा सनराइज क्लबले शिशुवा एफसी बी लाई टाइब्रेकरमा २–० ले पराजित ग¥यो। निर्धारित समयमा सनराइजको लागि मन्दीप थापा र शिशुवा एफसी बी को लागि अर्जुन गुरुङले एक–एक गोल गरेका थिए।आठौं खेलमा बि एन एस ब्वाइज सीले केएफसी गाइजलाई ५–१ ले हरायो। बिएनएस ए को लागि राजेश गुरुङले दुई तथा प्रवलजंग राणा, दिलजंग गुरुङले एक–एक गोल गरेका थिए भने अर्को एक गोल विपक्षीबाट आत्मघाती भएको थियो। केएफसीको तर्फबाट मात्र एक गोल पूर्ण गुरुङले गरेका थिए। नवौं खेलमा एनजी एफसीले बुद्धचोक एफसीलाई ३–१ ले पाखा लगायो।
बिहीबार चार खेल हुने सन्तोष गुरुङले जानकारी दिए। चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ५० हजार तथा उपविजेता टीमलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै बेस्ट प्लयेर, बेस्ट गोलकिपर र हाइस्कोररलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Comment