जयपुर जाने एसकेडियुएन टोलीलाई बिदाइ

मित्र राष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले राखेपमा बिदाइ गरे ।
टोलीलाई बिदाइ गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झँदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना व्यक्त गरे ।
प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरी १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरी २३ सदस्य रहेका छन् ।
जुन १४ देखि २२ सम्म हुने प्रतियोगितामा खेलाडी तर्फ वर्षा के.सी.(१३ वर्ष), झरना के.सी.(१४ वर्ष), एन्जीला राई (१५ वर्ष), शर्मिला वाइबा (१७ वर्ष), वर्ष बुढा मगर (५० केजी), पुष्पका लामा (५५ केजी), अरिका गुरुङ (६८ केजी माथि), सुरोज राजवाहक (१५ वर्ष), शाहिल घले (१६ वर्ष), रूपक श्रेष्ठ (१७ वर्ष), सम्मान श्रेष्ठ (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), सुरेन्द्र तामाङ (६८ केजी), पासाङ ग्याल्जेन थोकर (७५ केजी), सञ्जय महर्जन (८४ केजी माथि) रहेका छन् । यस्तै व्यवस्थापकमा सञ्जय महर्जन, अफिसियलमा पुरुषोत्तम महर्जन, रेफ्रि तर्फ विकास राजवाहक, गोविन्द श्रेष्ठ, नवीन महर्जन, दिनेश तामाङ रहेका छन् । टोली शुक्रवार बिहान त्यस तर्फ प्रस्थान गरेको छ ।
Comment