नेपाल टिम च्याम्पियन


नेपाल १३ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो ।
नेपाल सोतोकान कराँते सङ्घद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराँते कोलकाता ३ स्वर्णसहित दोस्रो भयो । तेस्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेपालका प्रदीप राई तथा महिलामा नेपालकै एन्जिला डंगोल उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राखेप सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आयोजक सङ्घका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाका अनुसार प्रतियोगितामा करिब ६ सय खेलाडीले विभिन्न ४६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment