सरितालाई कांस्य


नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्टे«लिया कराते च्यायम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् । महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले ३ खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पराजित भएपछि सरिता कांस्यमै सीमित भइन् ।

Comment