क्षितिज थापाथलीमा सम्मानीत

chitij bhandari
थापाथली चेस पार्कले शनीबार सम्पन्न राष्ट्रिय एमच्योर चेस च्याम्पियनसीपका विजेता क्षितिज भण्डारी लगायत अन्य खेलाडीलाई आइतबार सम्मान गर्यो । प्रतियोगितामा क्षितिजले उपाधि जितेका थिए भने आशिष फुयाल चौथो, लब कुमार श्रेष्ठ सातौ तथा सुमित पन्त नवौ भएका थिए । यसैगरी, बबुन क्षेत्री अनरेटेड तर्फ दोस्रो भएका थिए । क्लब अध्यक्ष जर्नादन श्रेष्ठले उनीहरुलाई सम्मान गरे ।
केही समय यता नेपाली चेसमा प्रभावकारी रहेको थापाथलीका जर्नादनले झापामा भएको ध्रुबतारा कप अन्तराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान पाएका थिए भने त्यसै टोलीका दिपक राइ अनरेटेड तर्फ पहिलो भएका थिए ।

Comment