उपेन्द्र र बादलको जोडी पहिलो

nasa
उपेन्द्र प्याकुरेल र बादल बरालको जोडी तेश्रो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत सातौं सिन्सियर सिटिजन मोटर ¥यालीमा शनिबार पहिलो भएका छन् ।
नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) को सहयोगमा लायन्स क्लब अफ युनाइटेड सेन्ट्रलले आयोजना गरेको ¥यालीमा खेमराज सुवेदी र महेश सुवेदीको जोडी दोश्रो तथा नवीनराज आचार्य र सुष्मा आचार्यको जोडी तेश्रो भए ।
भृकुटिमण्डपबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी धुलिखेलमा पुगेर टुंगिएको ४० किलोमिटर दूरीको ¥यालीमा ५० मोटरले सहभागिता जनाएको नासाका महासचिव गोविन्द भट्टराईले जनाएका छन् ।
विजेतालाई नेपाल पर्वतीय खेलकुद महासंघका कोषाध्यक्ष मेघराज पौडेल, आयोजक नासाका अध्यक्ष दशरथ रिसाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि ¥यालीको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले उद्घाटन गरेका थिए ।

Comment