एभरेस्टलाई नवौँ राष्ट्रिय च्याम्पियनसिपको उपाधि

नेपाल गोजुरियो कराँते सङ्घको आयोजनामा सञ्चालित नवौँ राष्ट्रिय कराँते च्याम्पियनसिपमा एभरेस्ट मार्सल आर्टले पहिलो स्थान हात पारेको छ ।
सुबिता गौतमले क्याडेटको आठ देखि नौ वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी थिइन् । यसै गरी, अनमोल रम्तेलले क्याडेट १२ वर्ष मुनीको कुमुतेमा स्वर्ण पदक जिते । सिनियर कुमुतेको ४५ केजीमा एभरेस्टकै अमर जित शाह तथा जुनियरमा भेषराज दाहालले स्वर्ण पदक जिते ।
५० केजी सिनीयरमा सन्देश लामा तथा ६० केजीमा क्रितन महर्जनले स्वर्ण पदक जिते । ६७ केजीमा आशिष कार्कीले स्वर्ण पदक जिते ।
महिलाको ४५ केजी सिनीयरमा प्रशंषा पोखरेल तथा ५० केजीमा दिपा थापाले स्वर्ण पदक जिते । ६० केजीको सिनियरमै सङ्गीता लामा तथा ५० केजीको जुनियरमा इसा ढुङ्गानाले स्वर्ण पदक जिते । सुविताले कुमुतेमा रजत पदक जितिन् ।
यसै गरी, ब्वाइजको क्याडेट कातामा दिपसन सापकोटाले पनि रजत दिक जिते । ७४ केजी सीनीयरमा जेमिन महर्जन तथा ५५ केजी सिनियरमा रमेश घलानले रजत  पदक जिते । ४५ केजी सिनियरमा प्रीतीका पोखरेलले रजत पदक जितिन् । १२ वर्षको क्याडेटमा साकार अधिकारीले रजत पदक जिते ।
१० वर्षको क्याडेटमा प्रभु रिजालले कास्य दिक जिते । सोही स्पर्धामा गगन तामाङले पनि कास्य पदक जिते । यसै गरी,जुनियर ७० केजीमा सरोज रिजाल तथा ८ देखि नौ वर्षको क्याडेट कुमुतेमा दिपसना गुरुङले कास्य पदक जिते । ५० केजी जुनियरमा विजय बुढा र कल्पना श्रेष्ठले कास्य पदक जिते । यसै गरी, १२ वर्षको क्याडेट कुमुतेमा जेनिस लामा तथा सिनीयर ६५ केजीमा तारकेश्वर मल्लले कास्य पदक जिते ।
एभरेस्टले कुल ११ स्वर्ण ,६ रजत तथा ८ कास्य पदक जितेको हो ।
Comment