गोजुरियोको नवौँ राष्ट्रिय च्याम्पियनसिप


नेपाल गोजुरियो सङ्घको आयोजनामा जारी नवौँ राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिपको पहिलो दिन सम्पन्न क्याडेट काताको र्गल्स तर्फ सुविता गौतम पहिलो तथा लक्ष्मी श्री दोस्रो भए । सो स्पर्धामामा अञ्जना भण्डारी र खुसी कार्की तेस्रो भए । ब्वाइज तर्फ उमङ्ग पाण्डे पहिलो तथा दिपसन सापकोटा दोस्रो भए । प्रिन्स दाहाल र धन रत्न बमजन तेस्रो भए ।
यसै गरी, ८ देखि ९ वर्षको व्वाइज स्पर्धामा कपिल सालु पहिलो, सम्भव गुरुङ दोस्रो तथा निसान सालु र रोहित विक तेस्रो भए । र्गल्स तर्फ प्रिन्सा अर्याल पहिलो तथा सुस्मीता डोङ दोस्रो भए । रेस्मा सोनी र दिपसना गुरुङ तेस्रो भए ।
ब्वाइजको १० देखि ११ वर्ष उमेर समूहमा सुदन साथी गोरे पहिलो लभसन कार्की दोस्रो तथा गगन तामाङ र प्रभु रिजाल तेस्रो भए ।
दुई दिने प्रतियोगितामा देशभरिका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता थियो । प्रतियोगिताको शुक्रवार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरे ।

Comment