गोजुरियो सङ्घ राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दै

नेपाल गोजुरियो कराँते सङ्घको आयोजनामा नवौँ राष्ट्रिय कराँते च्याम्पियनसिप १७ देखि १९ चैतको बिचमा दशरथ रङ्गशालामा हुने छ । सो प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहने नेपाल गोजुरियो कराँते सङ्घका सचिव सानो बाबु गिरिले जानकारी दिए ।
गिरिले दिएको जानकारी अनुसार १७ चैतका दिन रेफ्रि सेमिनार तथा तथा तौलका काम सकिने छन् । बाँकी दुई दिने खेल सञ्चालन हुने छन् ।
Comment