दोलखामा बस्नेतको सम्मान

नेपाल खेलकुद महासङ्घका अध्यक्ष तथा १ नं. प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (परशुराम) बस्नेत सम्मानित भएका छन् ।
नेपाल वादोरियो कराँते सङ्घले दोलखामा आयोजना गरेको एक विशेष कार्यक्रमका बिच बस्नेतलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी. र नेपाल कराँते महासङ्घका महासचिव हरिशरण के.सी.ले संयुक्त रूपमा बस्नेतलाई सम्मान  गरेका हुन । कार्यक्रममा नेपाल कराँते महासङ्घका महासचिव राष्ट्रिय प्रशिक्षक तथा युवा नेता ओमकृष्ण प्रसाईँको समेत उपस्थिति रहेको थियो ।
सम्मान ग्रहण पश्चात् आफ्नो सम्बोधनमा बस्नेतले नेपालमै धार्मिक पर्यटनको रूपमा मात्र नभएर दोलखा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी उत्पादन गर्ने जिल्लाको रूपमा परिचित भएको बताए ।
उनले पहिलो अन्तर्राष्ट्रिय पदकधारी जित बहादुर के.सी., पेम्बा तामाङ, हरिशरण के.सी. र  मानबहादुर तामाङ जस्ता व्यक्तित्व जन्मिएको दोलखामा  सम्मानित हुन पाउँदा खुसी लागेको बताए ।
 उनले भने ‘यो सम्मानका लागि आयोजकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, साथै यो सुवर्ण असरका लागि गुरुहरू हरिशरण के.सी. र ओमकृष्ण प्रसाईँप्रति आभार व्यक्त गर्दछु ।’
Comment