मन्डे र मुकुन्द्र सम्मानित


गत अक्टोबर २ र ३ मा जर्मनी सम्पन्न चेम्निज ओपन कराँते प्रतियोगितामा एकल कातातर्फ स्वर्ण र ३५ वर्ष माथि स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ तथा ७५ के.जी तर्फ कास्य पदक र ३५ वर्ष माथि स्वर्ण पदक विजेता   मुकुन्द्र महर्जनलाई कर्मा कन्स्ट्रक्सन ले सम्मान गरेको छ ।
सो कार्यक्रममा पदक विजेता खेलाडीहरूलाई कर्मा कन्स्ट्रक्सन अध्यक्ष पूर्व कराँते खेलाडी रबी महर्जन द्वारा सम्मान  गरिएको हो । महर्जनले खेलकुद क्षेत्रमा सधैँ साथ र सहयोग गर्दै जाने बताए ।
Comment