स्वस्तीश्री गुरुकुलमा फुटसल सुरु

प्रथम स्वस्तीश्री गुरुकुल यु– १२ ब्वाइज अन्तर विद्यालय फुटसल प्रतियोगिता  मङ्गलवार सुरु भयो । प्रतियोगिताको स्वस्तीश्री गुरुकुल आईबी वर्ल्ड स्कुलका फुटबल एम्बेस्डर अनिल गुरुङले उद्घाटन गरे ।
कार्यक्रममा स्कुलकी प्रबन्ध निर्देशक मिना महर्जन, शैक्षिक निर्देशक प्रवीण मोक्तान, विद्यालय संयोजक हरि सन्जेल, प्रतियोगिता संयोजक पुष्प विष्ट र विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राकेश राईको उपस्थिति थियो ।
पहिलो दिन २ खेल खेलेको एभीएमले दुवै खेलमा जीत हात पारेको छ । न्यु एरालाई ५–३ ले हराएको रिब्सलाई ५–२ ले हराएको छ । रिब्सले अर्को खेलमा न्यु एरालाई ३–० ले हरायो ।
स्वस्तीश्री सिनियरले जोन डेउलाई ४–० ले हरायो । जोन डेउ र एक्सेलियरबीचको खेलमा २–२ गोलको बराबरी भएको छ । एक्सेलियर र स्वस्तीश्री सिनियरबीवच १–१ गोलको बराबरी भयो भने नेपालय र स्वस्तीश्री एकेडेमीबिचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको छ ।
नेपालयले स्वस्तीश्री एकेडेमीलाई ५–१ ले हरायो । यसै गरी ब्राइट फ्युचरले युरो स्कुललाई २–१ ले हराएको छ । प्रतियोगिता ४ चैतसम्म चल्नेछ । आयोजक स्वस्तीश्री गुरुकुल पछिल्लो मिय नेपाली खेलकुदमा चासोको एकेडेमीको रूपमा स्थापित हुँदै छ ।
नेपाली खेलकुदमा  नाम चलेका स्टार एकेडेमीमा प्रशिक्षकको रूपमा छन् । सुविधा युक्त यस गुरुूकलको संरचनाले पूर्ण खेलकुद परिसरकै झल्को दिने  गरेको छ ।
Comment