महिला खेलकर्मीको सम्मान


ललितपुर महिला फुटबल समितिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली खेलकुदमा विशिष्ट योगदान गरेका महिला खेलकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा फुटबल तथा बक्सिङको पूर्व राष्ट्रिय खेलाडी दिपा क्षेत्री लगायत छन् । दिपा बक्सिङकी एसियाली च्याम्पियनसिपकी पदक विजेता तथा फुटबलकी पूर्व दक्षिण एसियाली खेलकुदकी पदक विजेता हुन् । दिपा र अनुराधा लामाले सन् २००८ को एसियाली महिला च्याम्पियनसीपमा पदक जितेका थिए ।
दुई भिन्न खेलमा महत्त्वपूर्ण सफलता पाउने दुर्लभ कीर्तिमान नेपालमा दिपा लगायत एकाध खेलाडीको नाममा मात्र छ । यसैगरी सन् २०१० को दशकको सुरुवातमा नेपाली महला फुटबलले फड्को मार्दा दिपा टोलीकी भरपर्दो रक्षक थिथइन् ।
यसै गरी, महिला बास्केटबल टोलीकी राष्ट्रिय कप्तान सदिना श्रेष्ठ र पूर्व फिफा रेफ्रि अस्मिता मानन्धर पनि सम्मानित भएका छन् । सदिनाको नेतृत्वमा नेपालले तग दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो ।
फुटबल प्रशिक्षक कमला रखाल, महिला कराते स्वर्ण पदक विजेता सिबानी श्रेष्ठ तथा पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडी रबिना श्रेष्ठ लगायत छन् । महिला उद्यमी शान्ति महर्जन,पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडी रिता राई र महिला समाजसेवी प्रमीला श्रेष्ठ पनि सम्मानित भए ।
कार्यक्रम संविधान सभा सदस्य तथा नेपाल क्योकुसीन सङ्घका अध्यक्ष राम कृष्ण चित्रकारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ललितपुर पहिला फुटबल समितिका सचिव सरिला श्रेष्ठ र जावलाखेल यूथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीको उपस्थिति थियो । महिला फुटबल समितिका सदस्य रिता गोतामे लगायतको उपस्थिति थियो ।

Comment