रातको समयमा फाइल चोर्न गए पछि

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को भ्रस्टाचार काण्ड छरपस्ट भएको छ । रातको समयमा फाइल चोर्न जुनियर एकाउन्टेन्ट निवान्स केसी  र सुशील पेमीलाई सात दिनका लागि निलम्बन गरिएको छ । सिसी टिभी फुटेजका आधारमा उनीहरूलाई कारबाही गरिएको हो । फुटेज पछि सोधिएको स्पष्टीकरण चित्त नबुझ्दो भएका कारण उनीहरूलाई निलम्बन गरिएको जनाइएको छ ।
अखिल नेपाल फुटबल सङ्घका निरञ्जन शाहको भ्रस्टाचार काण्ड बाहिर आए पछि छानबिन भएको थियो । यत्ति मात्र होइन, अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकालमा भ्रस्टाचार भएको भन्दै पूर्व प्रवक्ता तथा उपाध्यक्ष किरण राई सहित एउटा ठुलो समूहले आन्दोलन  गरी रहेको छ ।
एन्फा सदस्य निरोज खड्गी र दिनेश व्यञ्जनकार सहितको ठुलो समूहले आवाज उठाए पछि छानबिन सुरु भएको थियो । छानबिन सुरु भए पछि यो फाइल लुकाउनकै लागि १२ फागुनमा यी दुई कार्यालयमा गएको फुटेजमा देखिएको थियो ।
यस भन्दा अगाडी नै वीर बहादुर खड्काको संयोजकत्वमा गठित समितिले वित्तीय निर्देशक निरञ्जन शाहले भ्रस्टाचार गरेको ठहर गरेको थियो ।
हवाई टिकटलाई केरमेट गरेको, रङ्गशालाको टिकटमा अनियमितता गरेको र  पेस्की फर्छ्यौट गर्ने समयमा पनि अनियमितता गरेको आरोप एन्फा संस्थापन पक्षको विरुद्धमा असन्तुष्ट पक्षले लगाउँदै आएको छ ।
Comment