तार्केश्वर नगरपालिका टिम च्याम्पियन


तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराँते प्रतियोगिता उपाधि जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बन्यो ।
वादोकाइ कराँते डो सङ्घ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा नीलकण्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भयो । तेस्रो स्थानमा नागार्जुन नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य हात पारे । काठमाडौँको ऐतिहासिक नगरी मनमैजुमा भएको २ दिने प्रतियोगिताको पुरुषमा नीलकण्ठ नगरपालिकाका विजय श्रेष्ठ र महिलामा तारकेश्वोर नगरपालिकाका एरिका गुरुङ उत्कृष्ट खेलाडी घोषणा  भई जनही रु ५००० नगद पुरस्कार हात पारे भने उदीयमान खेलाडी पुरुषमा धनकुटाका राकेश भण्डारी र महिलामा गोल बजारका प्रनिशा साही ठकुरी चुनिए ।
बुढानीलकण्ठ नगरपालिकाका अनुशासित टिम चुनिए भने मार्च पासमा सिन्धुली उत्कृष्ट घोषित भए ।
विजेता खेलाडीहरूलाई प्रमुख अतिथि तारकेश्वर नगरप्रमुख रामेश्वर बोहरा, वादोकाइ कराँते डो सङ्घ नेपालका अध्यक्ष सुशील कुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा २७ नगरपालिकाबाट १९० खेलाडीले १४ स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिव विकाश राजवाहकले जनाएका छन् ।

Comment