नेक्सस र मनकामनाबिच उपाधि भिडन्त हुने


नेक्सस स्कुल र मनकामना स्कुल छैटौँ अर्किड कप सेभेन ए साइड अन्तर विद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनल प्रवेश गरेका छन् ।
काँडाघारीस्थित अर्किड स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेक्ससले केभिएसलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । नेक्ससको जितमा अमिष थापामगरले २ गोल गरे । केभिएसका लागि रोजल कार्कीले १ गोल फर्काए पनि हारलाई टार्न सकेनन् । प्रतियोगितामा केभिएसका विशाल दर्नाल म्यान अफ द म्याच घोषित भए । अव नेक्ससले उपाधिका लागि मनकामना सँग प्रतिस्पर्धा गर्नेछ ।
अर्को सेमिफाइनल खेलमा मनकामना स्कुलले टाई ब्रेकरमा अक्क्षरिकालाई ११–१० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निर्धारित समय सम्म खेल १–१ गोलको बराबरीमा समाप्त भए पछि खेलको छिनोफानो टाई ब्रेकरमा भएको थियो । मनकामनाका मानव बमजन र अक्क्षरिकाका रविन मगरले गोल गरेका थिए । अक्क्षरिकाका राज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल सम्पन्न हुने आयोजकले जनाएका छन् ।

Comment