विकेस काठमाडौँ रेजर्सका मार्की खेलाडी

नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको  प्राविधिक सहयोगमा ८ अप्रिल  देखि दशरथ रङ्गशालामा सञ्चालन हुने दोस्रो नेपाल सुपर लिगमा एमएडब्ल्युको स्वामित्वमा रहेको काठमाडौँ रेजर्सले आफ्नो मार्की खेलाडी सार्वजनिक गरेको छ ।
साबिक विजेता रेजर्सले पूर्व कप्तान विकेश कुथुलाई मार्की खेलाडी तथा राष्ट्रिय टिमका  पूर्व प्रशिक्षक बाल गोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।
यस सिजनको एनएसएलमा १० टोलीको  सहभागिता रहने छ । शुक्रवार हुने अक्सनबाट टोलीका अन्य खेलाडीको टुङ्गो लाग्ने छ ।
क्लबमा विज्ञान राज शर्मा निर्देशक छन् ।
Comment