एनएसएल दोस्रो संस्करणको अक्सनमा २४२ खेलाडी छानिए 

चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् । शुक्रवार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले तीन क्याटागोरीमा छुट्याएको छ ।
जसमध्ये क्याटागोरी ‘ए’ मा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ मा समान एक सय एक खेलाडी छन् । एनएसएलको दोस्रो संस्करण २६ चैत देखि ८ वैशाखसम्म हुने तालिका छ ।
आयोजकले यस संस्करणमा तीन टोली थपे पछि सहभागी क्लबको सङ्ख्या १० पुगेको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा सात टोलीको सहभागिता थियो । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र वीरगन्ज युनाइटेड थपिएका हुन् ।
गत सिजन विराटनगर सिटी, एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए । प्रतियोगिताको पहिलो संस्करण काठमाडौँ रेजर्सले जितेको थियो ।
Comment