एनआरटी दोस्रो स्थानमा

सहिद स्मारक लिग ए डिभिजन २०७८ मा एनआरटीले मनाङ मर्स्याङ्दी क्लब(एमएमसी)लाई १–० ले पराजित गरेको छ । एनआरटीले लिगमा मनाङलाई हराएको यो वर्ष २०६६÷०६७ यता पहिलो पल्ट हो । यस्तै मनाङ लिगमा लगातार दुई खेलमा पराजित भएको पनि यो ११ वर्षयता पहिलो हो । वर्ष २०६६÷०६७ को लिगमै मनाङ पुलिस र आर्मीसँग लगातार पराजित रहेको थियो । त्यसै संस्करणको लिगमा एनआरटीले मनाङलाई २–० ले हराएको थियो । यसपल्ट एनआरटीले हात पारेको एक गोलको जितमा भने मेसुके ओलुमायुले २६ औँ मिनेटमा निर्णायक गोल गरे ।
यो जितपछि एनआरटीको २० अङ्क भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेका छ । मनाङ पनि समान २० अङ्कमा रहेको छ र तेस्रो स्थानमा झरेको छ ।
जितसँगै एनआरटीले पछिल्ला चार खेलमा १० अङ्क बटुलेको छ । मनाङले भने  पछिल्ला चार खेलमा एक अङ्क मात्र जोड्न सफल भएको छ ।
Comment