भारतसंग नेपालको हार

नेपालले भारतसंगको प्रारम्भीक बिश्वकप छनोटको पहिला लेगमा २–० को पराजय भागेको छ । भारतीय भुमिमा भएको खेलमा कुनै गोल नगरी पराजयको सामना गरे पछि नेपाल पहिलो चरणबाट बाहीरिने सम्भावना प्रबल बनेको छ । गुहावटीको इन्दिरा गान्धीअन्तराष्ट्रिय रंगशाालमा भएको खेलको ५३ औ मिनेटमा सुनील क्षेत्रको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ७० औ मिनेटमा क्षेत्रीले थप गोल गरे । नेपाली गोलरक्षक किरण चेम्जोंगले दुइ आकर्षक बचाउ गर्दै नेपाललाई अझ फराकिलो अन्तरको हारबाट जोगाए । मंगलबार दशरथ रंगशालामा दोस्रो लेग खेल हुने छ ।

Comment