झापा, इलाम र वीरगन्ज थपिए एनएसएलमा 

यस सिजनको खुकुरी एनएसएलमा तीन टोली थपिएका छन् । गत सिजनमा सात टोली रहेको एनएसएलमा  थप तिन टोली सहित १० टोली भएका छन् ।
यस सिजनमा विक्रम थापाको स्वामित्वमा रहेको झापा एफसी, सुहन नेम्बाङ र पीयूष न्यौपानेको स्वामित्वमा रहेको स्पोर्टीङ इलाम डी मेचे तथा अरविन्द बराल,अनिल गुप्ता र अरविन्द अमात्यको स्वामित्वमा रहेको वीरगन्ज युनाइटेड एफसी छन् ।
विराटनगर सिटी एफसी,काठमाडौँ रेजर्स,ललितपुर सिटी एफसी,एफसी चितवन,पोखरा थन्डर्स,बुटवल लुम्बिनी तथा धनगढी एफसी पहिलो सिजन देखि नै सहभागी थिए ।
Comment