सुजलको निर्णायक गोलमा नेपालको जित

१० औ मिनेटमा आकाश लामाको प्रहारलाई पूजन उपरकोटीले फ्लीक गरे पछि सुजलले गोल गरेका हुन् ।
तनावपूर्ण खेलमा नेपाल दस तथा मोरीसस नौ खेलाडीमा सीमित भएका थिए । सो खेलमा नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाएका थिए ।
धेरै सुन्दर बचाउ गरेका कारण नेपालका गोलरक्षक किरण चेम्जोंग खेलको म्यान अफ द म्याच घोषित भए ।